काठमाडौं-कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा प्रधानमन्त्री बन्ने तीनबुँदे सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘इमानका साथ कार्यान्वयन गरिसकेका छन् । अब उनी एमाले अध्यक्ष केपी ओलीसँग पनि उसैगरी आलोपालो होला भन्ने आशामा छन् । शुक्रबार भरतपुरमा उनले त्यो ‘सत्ता-सहमति बारे पहिलोपल्ट खुलाएका थिए ।


ADVERTISEMENT


‘ओलीजी र मेरो बीचमा प्रधानमन्त्रीका लागि आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति भएकै हो, दाहालले भरतपुरको पत्रकार सम्मेलनमा भने, ‘पार्टी एकता संयोजन समिति बैठकबाट अन्तिम टुंगो लाग्नेछ ।


ADVERTISEMENT

# # #


दाहालले वाम गठबन्धन बन्ने बेलामै यस्तो सहमति भएको दाबी गरेका छन् । एमाले र माओवादी केन्द्रबीच असोज १७ गते चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पुग्नेगरी ६ बुँदे सहमति भएको थियो ।

यसअघि ओली र दाहालमध्ये एकले पार्टी नेतृत्व, अर्कोले सरकार हाँक्ने सहमति भएको गाइँगुइँ चल्दै आए पनि सरकारै आलोपालो चलाउनेबारे कुनै चर्चा सार्वजनिक भएको थिएन । वाम गठबन्धनले स्थायी सरकार र आर्थिक समृद्धिको नारा दिएर चुनावमा भोट मागेको थियो ।-आजको अन्नपुर्ण पोष्टबाट