काठमाडौँ – धुम्बाराही काठमाडौं अवस्थित ह्यम्स अस्पतालमा ५ सय भन्दा बढी बिरामीकोको मुटुको धड्कन सम्बन्धी रोगको ईलेक्ट्रोफिजियोलोजिकल स्टडी तथा रेडियो फ्रिक्वेन्सी एब्लेसन र पेसमेकर द्वारा सफल उपचार गरिएको छ ।


ADVERTISEMENT


यो सेवा सुरु भएको लगभग तीन वर्षमा अस्पतालमा ५ सय भन्दा बढीको ईलेक्ट्रोफिजियोलोजिकल स्टडी तथा रेडियो फ्रिक्वेन्सी एब्लेसन र पेसमेकर द्वारा सफल उपचार उपचार गरिएको हो।


ADVERTISEMENT

# # #


५ सय भन्दा बढीको जनाको मुटुको गडबडी भएका यस्ता बिरामीको उपचार पूरा गरिएको उपलक्ष्यमा अस्पालमा आयोजित एक कार्यक्रमको आयोजना समेत गरेको छ । सो कार्यक्रममा अस्पतालका अध्यक्ष रामशरण भण्डारीले उक्त खुसी अस्पतालको मात्र नभएर यो सेवा लिएर स्वस्थ्य जीवन बिताइरहेका बिरामीहरुको लागि पनि भएको बताए । उनले यति छोटो समयमा ५ सय भन्दा बढी विरामीको मुटुको चाल सम्बन्धी रोगको उपचार सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे।

ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा ज्योतेन्द्र शर्माले लामो ईतिहास बोकेको यो अस्पताल, नया भवन र ब्याव्यवस्थापनपछि जुन प्रगति गरेको छ, त्यसमा सम्पूर्ण टीम डाक्टर, पारामेडिक नर्स र व्यास्थापनको सहकार्यमा सफल भएको उल्लेख गरे । यस्तै उनले छ‍ट‍ो समयमा निजी अस्पतालमा भएको यो ठूलो संख्या रहेको बताए । नेपालमा सबै खाले मुटुको धड्कन सम्बन्धी रोगको उपचार गर्न सकिने अत्याधुनिक प्रविधि र स्वदेशी जनशक्ति भएको एक मात्र अस्पताल रहेको पनि जानकारी गराए।

असपतालका मुटु रोगी विषेशज्ञ तथा इलेक्ट्रोफिजियोलोजिष्ट डा र‍शन राउतले प्रविधि र जनशक्तिका हिसावले पूर्ण विभाग भएको अस्पताल र यो सफलतामा पुग्न व्यवस्थापनको महत्वपूर्ण भूमिका रहेको बताए।