काठमाडौँ – मधेस प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


ADVERTISEMENT


शुक्रबार जनकपुरस्थीत प्रदेशसभामा ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभा सदस्य गोविन्द बहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई सपथ गराएका हुन् । सो क्रममा नेकपा माओवादी केन्द्रका २ सांसदले शपथ लिन पाएनन् । समानुपातिकतर्फ निर्वाचित सप्तरीकी माला कर्ण र मो. रजी हैदरलाई अदालतको आदेशका कारण शपथग्रहण नगराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मधेस प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ । यस्तै, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ ।

यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैठौं तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौँ दल बनेको छ । मधेस प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन् ।