काठमाडौँ– अंग्रेजी नयाँ वर्ष २०२३ आजबाट शुरु भएको छ । इश्वी संम्वत् शुरुवातीको पानालाई पल्टाउने हो भने, ईसाई धर्मका जिजस क्राइस्टलाई फाँसी दिएपछि इश्वी संम्वत् अर्थात् सन् को सुरुवात भएको मानिन्छ।


ADVERTISEMENT


पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो। अहिले विश्वव्यापी रुप्मा ईस्वी सम्वत् प्रयोगमा छ। नेपालमा यो संम्वत् प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्।


ADVERTISEMENT

# # #


इश्वी संम्वत् शुरु भएको यस खुशियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रमहरु मनाइदैँछ । यसैगरि, बढ्दो प्रभावका पछिल्लो समय नेपालमा पनि यस दिनलाई विशेष समारोहको रुपमा मनाइन थालेको छ ।

बढ्दो विश्वव्यापीकरणले पारेको यसको असरलाई हामीले सकरात्मक रुपमा ग्रहण गरेर केहि नयाँ कार्यको शुरुवात गर्ने हो भने यसको परिणाम पनि पक्कै सकरात्मक नै बन्नेछ । तसर्थ आज हामीले अंग्रेजी नयाँ वर्षको शुरुवात कसरी गर्ने ? भन्ने सन्दर्भमा केहि विकल्पहरु समावेश गर्दैछौ :ः

आफ्नो प्रणमा ढृढ

हामी हरसमय आफुले योजना बनाइरहेका कुरामा ढृढ हुन नसक्दा पहिले कै रुटिङ दोहो¥याई रहेका हुन्छौ । तसर्थ त्यो तालिका लाई फेरि पनि दोहोरिन नदिन हामीले आफ्नो बोली वा योजनामा ढृढ हुने संकल्प गरौं । ताकी यो वर्ष पनि पहिलेको वर्ष झैं नबितोस् ।

आफुले आफैलाई चिनौं
सामान्यतयाः हामीहरु आफैलाई भन्दा पनि बढी अरुको बारेमा कढी जानकारक हुन्छौ । जसले गर्दा पनि हामी आफ्नो इच्छा, चाहाना, रहर र खुशीजस्ता अति महत्वपूर्ण पक्षको विाष्यमा अनभित्र नै हुन्छौ । त्यसैले यसवर्ष तपाई आफु कस्तो हुनुहुन्छ? तपाईलाई के मन पर्छ र कसरी खुशी हुनुहन्छ ? भन्ने विषयमा आफ्नो बारे एक नोट बनाई त्यसैअनुरुप आफ्नो दैनिकी अघि बढाउनुहोस् ।

आफैँलाई सन्तुष्ट राख्नुहोस्

यतिका वर्षमा तपार्यले यो पक्कै ख्याल राख्नुभएको होला, यहाँ हरकोहीलाई खुशी बनाउन सकिदैँन । र, यस दौरान तपाईले आफ्नै मूल्य गुमाउनु हुनेछ । तसर्थ यस वर्षभरि अरुलाई भन्दा पनि आफैँलाई खुशी र सन्तुष्ट राखने प्रयास गर्नुहोस् । अनि विश्वस्त हुुनुहोस् यसो गर्नाले तपाईको यो वर्ष अवश्य पनि निराश हुनेछैन ।

आफ्नो कार्यक्षेत्रमा आंशिक बद्लाव

वरपरका वातावरणले पनि व्यक्तिको जीवनमा धेरै प्रभाव पार्छ । त्यसैले नयाँ वर्षमा नयाँ शुरुवात गर्ने उचित मार्ग भनेको आफ्नो कार्यक्षेत्रमा आंशिक परिवर्तन गर्नु पनि हो । यसका लागि तपाइर्ले वर्षाैदेखि गर्दै आइरहनु भएको कार्यशैली परिवर्तन गर्न सक्नुहन्छ । याँ नयाँ ऊर्जाका लागि आफ्नो कार्यालयको ‘डेकोरेशन’ पनि परिवर्तन गर्न सक्नुहुन्छ । ताकी तपाईलाई वास्तवकै केहि परिवर्तन भएको महशुस होस् ।

केहि रचनात्मक र प्रेरणादायी कार्य

प्रत्येक व्यक्ति कुनै न कुनै रुपमा शक्तिशाली रहेको हुन्छ । हरकोही वास्तविकता अन्यको लागि उचित प्रेरणा बन्न सक्छ । त्यसैले पनि आफुलाई कम नआकौँ । र, आफुलाई खुशी राख्ने हर प्रत्यन गरौं र यसका लागि कुनै न कुनै रचनात्मक शैली अपनाऔं । जस्तोः किताब पढने वा ध्यान गर्ने ।

खराब बानी त्यागौँ

कुनै न कुनै समय हामीलाई आफ्नो खराब बानीको बारेमा थाहा हुन्छ । यद्यपि आफुलाई मन नपरे पनि त्यो बानीलाई त्यागिरहेका हुदैँनौ । तर, सम्झनुहोस् आजको दिन नै त्यो समय हो जहाँबाट तपाई सम्पूर्ण खराब बानी त्यागेर एक असल जीवन जिउन सक्नुहुन्छ ।