काठमाडौं-निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको सिट बाँडफाँट प्रक्रियाअघि बढेको जनाएको छ ।


ADVERTISEMENT


प्रदेशसभाको समानुपातिक तर्फ दलहरुले पाउने सिट संख्या टुङ्ग्याएका आयोगले प्रतिनिधिसभा तर्फको प्रक्रिया पनि सुरु भएको बताएको हो ।


ADVERTISEMENT

# # #


सत्तारुढ दलको दवावमा प्रतिनीधिसभाको समानुपातिक तर्फको सिट संख्या बाँडफाँटमा ढिलाई भएको एमालेले आरोप लगाईरहँदा निर्वाचन आयोगले भने आफुहरु कानूनी प्रक्रिया अनुसार नै अघि बढेको बताएको छ । राष्ट्रियसभा निर्वाचन अध्यादेशलाई लिएर दुरी बढिरहँदा आयोगले भने संविधान अनुसार अघि बढ्ने स्पष्ट पारेको हो ।

निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौड्यालले आयोगले आफ्नो गतिमा काम अघि बढाएको उल्लेख गर्दै भने– आयोग कसैको दवाब र प्रभावमा काम गर्दैन् । कानून र संविधानकै अधिनमा रहि आफ्नो काम सम्पन्न गर्छ । यसमा कसैले शंका नगरे हुन्छ ।

दलहरुबीचको बिवादले प्रतिनिधिसभातर्फको सिट बाँडफाँटमा कुनै असर नपार्ने पौड्यालको दावी थियो । १ सय ६५ निर्वाचन क्षेत्रबाट अधिकृतले हस्ताक्षर गरि पठाएको बिवरण रुजु गरी प्रमाणीकरण गर्न केहि समय लाग्ने जनाउँदै आयुक्त पौड्यालले चाँडै सिट बाँडफाँट गर्ने तयारीमा आयोग रहेको जानकारी दिएका छन् ।

सबै जिल्लाको रुजु गरी प्रमाणीकरण गर्न केही समय लाग्ने भन्दै उहाँले त्यसलाई शंका– उपशंकाको दृष्टिले नहेर्न आग्रह समेत गरेका छन् ।