काठमाडौं-गएराति सुर्खेत बसपार्कस्थित तरकारी बजारमा आगलागी भएको छ । आगलागीबाट १० वटा पसल जलेका छन् । नेपाल प्रहरीका डीएसपी गणेश चन्दले विद्युत्त सर्टका कारण भएको आगलागीमा १० वटा पसल जलेको जानकारी दिए ।


ADVERTISEMENT


आगलागीबाट झण्डै ४ करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । शुक्रबार राति ९ बजेबाट सुरु भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुको प्रयासमा ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।


ADVERTISEMENT

# # #