काठमाडौँ – नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न पोलिट्ब्यूरो बैठक बोलाएको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले सोमबार पोलिट्व्युरो बैठक बोलाउने निर्णय गरेको हो । बैठकपछि समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वर्तमान परिस्थीतिका विषयमा गहन रुपमा बैठकमा छलफल भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


नयाँ गठबन्धन खिचडीजस्तो भएको र नीति तथा कार्यक्रमका बारेमा केही थाहा नभएको अवस्थामा सरकारमा जाने वा नजाने विषयका कुनै निर्णय नभएको र पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । उनले पोलिट्ब्यूरो बैठकमा पनि सरकारका बारेमा छलफल हुने र आवश्यक निर्णय गर्ने जिकिर गरे । आफुहरु पहिलेदेखि नै बामपन्थी एकताको विषयमा रहे पनि टाउको जोडेर हुने कुरा नभएको र एजेण्डा मुख्य भएको उनको भनाइ छ ।

त्यस्तै समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सोमबार पार्टीको पोलिट्व्युरो बैठक बस्ने र पोलिट्व्युरोले निष्कर्ष निकालेपछि समसामायीक राजनीतिक परिस्थीतिमा धारणा सार्वजनिक गर्ने बताए । उनले पार्टी एकता बजार हल्लामात्रै भएको र दुवैतर्फबाट कुनै छलफल नभएको जिकिर गरे ।

बैठकमा पार्टी निर्माण, सुदृढिकरण विस्तार लगाएतका बिषयमा गहन छलफल भएको प्रवक्ता खतिवडाले बताए ।