काठमाडौँ – सुदूरपश्चिममा नेपाली काँग्रेसको संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताको अन्तिम समायावधिसम्म उनीबाहेक कसैको उम्मेदवारी नपरेपछि शाह निर्विरोध चयन भएका हुन् ।


ADVERTISEMENT


शाहको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा रहेका थिए । शाह कैलाली निर्वाचन क्षेत्र नम्बर–२ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।


ADVERTISEMENT

# # #


सुदूरपश्चिममा कूल ५३ मध्ये काँग्रेसका १८ सांसद रहेका छन् । सरकार बनाउनका लागि २७ मत आवश्यक पर्ने भएकाले पहिपो पार्टी बने पनि काँग्रेसको सरकार बन्ने सम्भावना भने छैन । जहाँ वर्तमान सत्ता गठबन्धनसँग माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसद गरी कूल २९ सांसद रहेका छन् ।

काँग्रेसपछिको दोस्रो पार्टी भएकाले सुदूरपश्चिममा माओवादी केन्द्रले सरकार बनाउने सम्भावना रहेको छ ।