काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । अध्यक्ष नेपालले बुधबार सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT


भेटमा पछिल्लो राजनीतिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले पस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । त्यसअघि नै एकीकृत समाजवादीलाई आफ्नो पक्षमा ढाल्ने उनको रणनीति छ ।


ADVERTISEMENT

# # #


यता काँग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई भत्काएर एमालेसँग मिल्दै नयाँ सरकार बनाउँदा आफूलाई नसम्झेको भन्दै रुष्ठ रहेका अध्यक्ष नेपालले पछिल्लो समय सरकारमा जान सकारात्मक रहेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केही नेताहरुले एकीकृत समाजवादीलाई पनि सरकारमा सँगै लैजानुपर्ने बताउँदै आएका छन् ।

त्यसका लागि केही नेताहरुले द्विपक्षीय छलफल अघि बढाएका छन् । एकीकृत समाजवादीभित्र पनि सरकारमा जानुपर्ने मतको बढी रहेको छ । यस्तो अवस्थामा प्रचण्डलाई विश्वासको मत दिने मनशायमा रहेका उनले अन्तिममा निर्णय गर्ने बताउँदै आएका छन् ।