काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग छलफल गर्ने भएको छ । प्रतियोगितामा म्याच फिक्सिङ, स्पोट फिक्सिङ (खेल मिलेमतो), बेटिङ (सट्टेबाजी) भइरहेको खुलेपछि राखेपले आईसीसीका प्रतिनिधिसँग छलफल गर्न लागेको हो ।


ADVERTISEMENT


छलफलमा प्रतियोगितामा सहभागी विदेशी खेलाडीको श्रम स्वीकृतिसमेतका बारेमा छलफल हुने बताइएको छ । छलफलमा राखेपका तर्फबाट सदस्यसचिव टंकलाले घिसिङले छलफल गर्दैछन् ।


ADVERTISEMENT

# # #


नेपाल टी–२० मा खेलाडीलाई पारिश्रमिक नदिएको, फिक्सिङ र बेटिङ भइरहेको भन्दै विवाद उत्पन्न भएका छन् । यद्दपी नेपाल क्रिकेट संघ (क्यान)ले भने खेलाडीको पारिश्रमिकको कुरा मिलिसकेको, फिक्सिङ भएको कुरा मिथ्या र झुटो रहेको दाबी गरिरहेको छ ।

गृहमन्त्रालयले प्रतियोगितामा फिक्सिङबारे छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई आवश्यक निर्देशन दिइसकेको छ । साथै युवा तथा खेलकुद मन्त्रालय, राखेपलाई पनि अनुन्धान गर्न भनिएको छ ।