काठमाडौँ– सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठन गरिएको कार्यदलले शुक्रबार शीर्ष तहलाई प्रतिवेदन बुझाउने भएको छ ।


ADVERTISEMENT


शुक्रबार बिहान ११ बजे कार्यदलको बैठक बसेर न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने र शिर्ष तहमा प्रतिवेदन बुझाइने कार्यदल संयोजक समेत रहेका उपप्रधान एवं अर्थतन्त्री बिष्णु पौडेलले जानकारी दिए । उनले सरकारमा सहभागी दलहरुको सुझाव लिदै मस्यौदा तयार पारिएको र शुक्रबार अन्तिम रुप दिने जनाए । कार्यदलका सदस्य एवं माओवादी नेता बर्षमान पुन अस्वस्थ भएका कारण बिहीबार बैठक बस्न नसकेको उनले बताए ।


ADVERTISEMENT

# # #


पु्स १४ गते गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको सहभागिता रहेको छ । संसदमा विश्वासको मत लिएलगत्तै न्युनतम साझा कार्यक्रम प्रस्तुत गर्ने प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको तयारी छ ।