काठमाडौं-ह्यारी केनले ह्याट्रिक गरेपछि इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्यामले बर्नलीमाथि सहज जित निकालेको छ । बर्नलीलाई उसकै घरेलु मैदानमा टोटनह्यामले शनिबार राति ३-० ले पराजित गरेको हो ।


ADVERTISEMENT


टोटनह्यामले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै सहज जित निकालेको थियो । सातौँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै केनले टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । पहिले हाफमा १-० ले अघि रहेको टोटनह्यामका लागि दोस्रो हाफमा केनले थप दुई गोल गरे । ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका केनले त्यसको १० मिनेटपछि गोल गर्दै ह्याट्रिक पूरा गरे ।


ADVERTISEMENT

# # #


योसँगै इन्ग्लिश फरवार्ड केनले यो वर्ष आफ्नो ३६ औं लिग गोल पुरा गरेका छन् । यस्तै केनले लिगमा एकै वर्षमा सर्वा्धिक ३६ गोल गर्ने खेलाडीको किर्तिमानमा समेत बराबरी गरेका छन् । यसअघि ब्लाकबर्नका एलेन शेररले सन् १९९५ मा ३६ गोल गर्दै किर्तिमान बनाएका थिए ।

त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन र खेल टोटनह्यामले ३-० ले आफ्नो बनायो । केनको उत्कृष्ट प्रदर्शनसँगै जित निकालेको टोटनह्याम अंक तालिकाको पाँचौँ स्थानमा पनि उक्लिएको छ । टोटनह्यामले १९ खेलबाट ३४ अंक जोडेको छ । पराजित बर्नली ३२ अंक जोडेर सातौं स्थानमा रहेको छ।