काठमाडौँ – गरिमा विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार पोखरामा सम्पन्न सभामा बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।


ADVERTISEMENT


साथै सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार आफ्ना शेयरधनीलाई १४.५० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । जस अनुसार हाल कायम चुक्ता पूँजी रु. ४ अर्ब ५९ करोड ०८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको को १३ प्रतिशत बराबर ५९, करोड ६८ लाख १३ हजार ५५५.२५ रुपैयाँको बोनस शेयर दिने भएको छ । यस्तै कर प्रायोजनसमेत गरी १.५० प्रतिशत ले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२.५३ रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT

# # #


यसरी गरिमा विकास बैँकले बोनाश र नगद लाभांश गरी कूल १४.५० प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७ हजार ५७.१४ रुपैयाँ बराबरको लाभांश दिने भएको छ । यसपश्चात विकास बैंकको चुक्ता पुजीँ रु ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७.१४ रुपैयाँ पुग्नेभएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।