काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्था लि.मिटेडले ‘मोबाईल बैंकिङ्ग तथा क्यूआर मार्फत भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ । छिमेकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिनाको उपस्थितिमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT


मोबाईल फाईनान्स टेक्नोलोजीद्वारा निर्मित मोबाईल एप्लिकेशन प्रयोगमा ल्याईएको हो । यससँगै छिमेक लघुवित्त वित्तीय संस्थाका करिव ४ लाख २५ हजार ग्राहकहरुले समयसापेक्ष प्रविधिको प्रयोगबाट सहज र सरल रुपमा कारोबार गर्न सक्ने भएका छन् । आफ्नो छुट्टै मोबाईल बैंकिङ्ग एपमार्फत सदस्यहरुलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको हो ।


ADVERTISEMENT

# # #


जस अनुसार छिमेकको मोबाईल एप्लिकेशनभित्र रहेका कनेक्ट आईपीएस र फोनपे सेवामार्फत नेटवर्कभित्र रहेका बैँक तथा वित्तीय संस्थामा सजिलै रकम ट्रान्सफर गर्न सकिनेछ । यस्तै युटिलिटी पेमेन्टको माध्यमबाट बिना झण्झट विद्युतीय भुक्तानी गर्न सकिने छिमेकले जनाएको छ । साथै लघुवित्तका सदस्यहरुलाई आफ्नो ईकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन सकिने र कारोबार सफल भए पश्चात कारोबारको जानकारी रकम सहित बोलेर सुनाउने एपमा अर्को विशेषता रहेको छ ।

मोबाईलको बढ्दो प्रयोगसँगै लघुवित्त क्षेत्रमा पनि यसको प्रयोगबाट कारोवारहरुलाई जगदरहित गर्न सकिने संस्थाले विश्वास व्यक्त गरेको छ । छिमेकले आगामी ३ बर्षमा करिव ४० प्रतिशत आफ्ना ग्राहक सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा पुराउने लक्ष्य लिएको छ ।