काठमाडौँ – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी हुने भएको छ । डा. सिके राउत नेृत्वको जनमत पार्टी र रेशम चौधरी सल्लाहकार रहेको रञ्जना श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी हुने भएको हो ।


ADVERTISEMENT


अहिले जनमत पार्टीको कार्यालय बुद्धनगरमा मोर्चाबन्दी घोषणा हुन लागेको नागरिक उन्मुक्ति पार्टीका नेता चन्द्रप्रकाश शर्माले हिमालय पोष्टलाई बताए । उनका अनुसार केहीबेरमा नै दुई पार्टीका नेताबीच  हस्ताक्षर हुनेछ ।


ADVERTISEMENT

# # #


एकतापछिको पार्टीको नाम, चुनाव चिन्ह र पार्टीको संरचनाको खाका सार्वजनिक गरिएको छैन ।  जनमत पार्टीले सरकारमा सहभागी भएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान विनाविभागीय मन्त्री छन् । यता नागरिक उन्मुक्ति पार्टी भने सरकारलाई समर्थन गरे पनि टीकापुर प्रकरणमा थुनामा रहेका रेशम चौधरीलाई रिहाई नगरेसम्म सरकारमा नजाने अडान राख्दै आएको छ ।

गत निर्वाचनबाट पहिलो प्रयासमै राष्ट्रिय पार्टी बनेको जनमत पार्टीले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षमा १ सिट जितेको थियो । साथै उसले समानुपातिकमा ५ सिट हात पारेको थियो । यता नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यका लागि ३ सिट प्रत्यक्ष जितेको थियो ।

स्वतन्त्र रुपमा जितेका रेशम चौधरीका बुवा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेसँगै उसको ४ सिट बनेको थियो ।