घोराही-उपप्रधानमन्त्री कृष्णबहादुर महराले पाँच नं प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने बताएका छन् । दाङ प्रदेश २ बाट निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिने क्रममा आइतबार विहानै देखि भेटघाट तथा घरदैलो सुरु गरेका महराले दाङ राजधानी हुने कुरामा शंक नगर्न सबैलाई आग्रह गरे ।


ADVERTISEMENT


महराले अहिले सम्म आफूले राजनीतिमा कहिले हार व्यहोर्नु नपरेको उल्लेख गर्दै यसपटक पनि राजधानी बनाउने कुरामा आफू विजयी हुने दावी गरे ।


ADVERTISEMENT

# # #


भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नं प्रदेशको राजधानी हुन उपर्युक्त भएको महराको भनाई छ । वुटवललाई मुलुककै पर्यटकीय शहर र नेपालगञ्जलाई औद्योगिक शहर बनाइने उनले बताए ।

दाङ राजधानी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा भइसकेको उनको भनाई थियो ।

महराले एमाले र माओवादीबीच सम्मानजनक पार्टी एकता हुनुपर्ने धारणा व्यक्त गरे । एकता पछि प्रधानमन्त्री र पार्टी एकता फरक फरक व्यक्ति हुने उनले स्पष्ट पारे ।