काठमाडौँ – लुम्बिनी अल स्टार्स काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । आइतबार भएको इलिमिनेटरको खेलमा जनकपुर रोयाल्सविरुद्ध ६ रनको रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमै समेटिएको हो । अन्तिम १२ बलमा ३२ रन चाहिएको अवस्थामा जनकपुरले १९औँ ओभरमा १ विकेट गुमाउँदै २३ रन बनायो । तर, अन्तिम ६ बलमा थप १० रन चाहिएको अवस्थामा ३ रनमात्रै ल्याएपछि जनकपुर ६ रनले पराजित भयो ।


ADVERTISEMENT

# # #


जनकपुरका लागि समिउल्लाह सेनवारीले ३१ बलमा २ चौका र ३ छक्कासहित ४५ रन बनाए । यस्तै पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै १९ बलमा २ चौका र २ छक्कासहित नटआउट ३० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै सैफुद्दिन असरफले २४ र राजेश पुलामीले १३ र कप्तान ट्रेभन ग्रिफ्थले १० रन बनाए ।

लुम्बिनीका लागि सागर ढकाल, कप्तान दीपेन्द्रसिंह ऐरी र विपुल शर्माले समान २–२ विकेट लिए ने शेड्ली भान स्ल्कविकले १ विकेट हात पारे ।

यसअघि लुम्बिनीका इशान पाण्डेले ३९ बलमा ३ चौका र १ छक्कासहित ३८ तथा अनिल साहले २६ बलमा २ चौकासहित २४ रन बनाए । यस्तै विपुल शर्मा २०, शेड्ली भान स्ल्कविकले १७, लाहिरु मालिन्थाले १६ र कप्तान दीपेन्द्रसिंह ऐरीले १० रन बनाए ।

लुम्बिनीका लागि सोमपाल कामी, जितेन्द्र मुखिया, अशान प्रियञ्जनले समान २–२ विकेट लिए । यस्तै कप्तान ट्रेभन ग्रिफ्थ र पवन सर्राफका नाममा १–१ विकेट रह्यो ।

आजको हारसँगै जनकपुरले फाइनल प्रवेशका लागि अर्को मौका पाउने भएको छ । उसले समूह चरणका तेस्रो र चौथो टोली विराटनगर सुपर किंग्स र काठमाडौँ नाइट्सबीचको विजेतासँग मंगलबार खेल्नेछ ।