काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले विश्वासको मतका बारेमा कांग्रेसको धारणा आएपछि मात्रै पार्टीको धारणा तय गर्ने जनाएको छ ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा बसेको लोसपाको कार्यकारिणी बैठकपछि अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अहिले पनि कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा रहेकाले कांग्रेसको धारणा आएपछि मात्रै सरकार र विश्वासको मतका विषयमा आफ्नो पार्टीले धारणा तय गर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले सरकारलाई सहयोग गर्न वा विश्वासको मत दिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबाट औपचारिक प्रस्ताव नआएको जिकिर गरे । उनले आधिकारिक प्रस्ताव आए सरकारका विषयमा आवश्यक छलफल गर्न सकिने धारणा पनि राखे । अध्यक्ष ठाकुरले सरकारको साझा न्यूनतम कार्यक्रममा आफुहरुको केही माग पनि समावेश भएको र त्यस अनुसार काम हुन्छ वा हुन्न भन्ने हेर्न बाँकी रहेको बताए ।

उनले पार्टीका सबै सांसदहरुलाई काठमाडौंमा नै बस्न भनिएको बताए । कार्यकारिणी बैठकले मधेश प्रदेशको संसदीय दलको विधानलाई अनुमोदन गरिएको ठाकुरले जानकारी दिए ।