काठमाडौँ – राहदानी विभागले विद्युतीय राहदानी वितरणमा आएको समस्या समाधान भएको जनाएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मंसिर १७ (अघिल्लो आइतबार)देखि आएको समस्या समाधान भएको जानकारी दिएकी हुन् ।


ADVERTISEMENT


सापकोटाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणीकरण प्रक्रियामा मिति २०७९–०९–१७ देखि आएको सुस्तता हाल समाधान भइसकेको व्यहोरो सबैको जानकारीका लागि अनुरोध छ ।’ साथै उनले विभागमा राहदानीका लागि आवेदन दिएकाहरुले आफ्नो मोबाइलमा वा नेपाल इ–पासपोर्टको एपमा राहदानी प्राप्त भइसकेको जानकारी पाए राहदानी लिन आउन आग्रह समेत गरेकी छन् ।


ADVERTISEMENT

# # #


यससँगै ‘सिस्टम’मा समस्या आउँदा अनिश्चितकालका लागि स्थगित भएको राहदानी वितरणकार्य पुनः सुचारु हुने भएको छ । राहदानी वितरणमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक समाधान खोज्न दिर्नेशन दिएका थिए ।

उनकै निर्देशनमा राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको थियो । भारत र मलेशियाबाट आएका दुईजना प्राविधिकले समस्या समाधानको प्रयासमा लागेका थिए ।