काठमाडौँ– अनावश्यक हर्न बजाएर ध्वनी प्रदूषण गर्ने १०७ जना चालक कारवाहीमा परेका छन् । जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।


ADVERTISEMENT


काठमाडौँ उपत्यकामा सोमबार गरिएको विशेष चेकिङको क्रममा अनवाश्यक हर्न बजाउने १०७ जना चालक कारवाहीमा परेका हुन् ।


ADVERTISEMENT

# # #


२०७९ सालको शुरुआतीदेखि नै उपत्यकामा हर्न निषेध गरिएको छ । यद्यपि पछिल्लो पटक चालकको मनोमानी एवम् नियम मिचेर हर्न दुरुपयोग बढेकाले यस किसिमको कारवाहीलाई तीव्रता दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

ध्वनी प्रदूषणका कारण श्रवण शक्तिमा हृास हुने, रक्तचाप बढ्न गई हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने र स्मरण शक्तिमा समेत नकरात्मक असर पार्नै तथा बालबालिका, जेष्ठ नागरिक एवम् गर्भवती महिलालाई यसको असर बढी पर्ने भएकाले अत्यावश्यक बाहेन अनावश्यक हर्न नबजाउन प्रवक्ता भट्टराईले अनुरोध समेत गरे ।