काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई संविधानबाट दायाँबायाँ गर्ने छुट नरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा विश्वासको मत मागेपछि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले वगर्तमान सत्ता गठबन्धन संविधानअनुसार नै अघि बढ्ने बताए ।


ADVERTISEMENT


उनले भने, ‘मैँले प्रधानमन्त्रीको हैसियतमा सत्ता साझेदारहरुको न्यूनतम कार्यक्रका आधारमा पनि मलाई संविधानको मर्म र भावना भन्दा कहीँ कतै दायाँबायाँ गर्ने छुट छैन । म संविधानको रक्षाका निम्ति अन्तिम समयसम्म प्रयत्न गरिराख्ने प्रतिवद्धता यहाँ व्यक्त गर्न चाहन्छु । ’


ADVERTISEMENT

# # #


यस्तै उनले संविधान पालना गर्ने कुराप्रति सत्ता साझेदार दलको गम्भीरता, प्रतिवद्धता कायम रहेको बताए । उनले भने, ‘अहिलेको सत्ता साझेदार गठबन्धन पनि संविधान कार्यान्वयन गर्ने, संघीयता कार्यान्वयन गर्ने र जनताका चाहना र आवश्यकतालाई सम्बोधन गर्ने कुराप्रति सहमतिको आधारमा बनेको छ ।’ उनले हिजोका दिनमा संसद विघटन गर्ने कुरा सही थियो वा थिएन भन्ने कुरा अहिलेको सत्ता गठबन्धनको विषय नरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा संउसदलाई सर्वोपरी बनाउने कुरामा सत्तासाझेदार दलमा सबैको सहमति रहेको उनले बताए । ‘भोलि संविधान संशोधन गर्ने, परिमार्जन गर्ने कुरा, त्यसलाई नयाँ ठाउँमा पुर्याउने कुरा हुन सक्छ । तर, २०७२ को संविधानले जे कुरा अंगिकार गरेको छ, संशोधन नहुँदासम्म, परिमार्जन नहुँदासम्म त्यसैको मर्म र भावना अनुसार अघि बढ्न प्रतिवद्ध छौँ ।’

यसअघि छलफलका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले संसद विघटन गर्नु प्रतिगमन नभएको र हिजोका दिनमा पनि काँग्रेस सहभागी सरकारले विघटन गरेको बताएका थिए । उनको भनाईप्रति असहमति जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिलेको संविधान अनुसार प्रधानमन्त्रीले आफूखुसी संसद विघटन गर्न पाइन्छ भन्नु सत्ता गठबन्धनको मान्यता हो भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए ।