लुम्बिनी – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लीला गिरी नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।


ADVERTISEMENT


गिरीले यसअघि आजै प्रदेशप्रमुख समक्ष ५८ सांसदको हस्ताक्षरसहित मुख्मन्त्रीका लागि आफ्नो दाबी पेश गरेका थिए । कूल ८७ सांसद रहेको लुम्बिनीमा सरकार बनाउनका लागि ४४ सांसद आवश्यक हुन्छ । आवश्यक संख्या पुगेसँगै गिरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।


ADVERTISEMENT

# # #


लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४ जसपा र जनमतका ३–३ सांसद रहेका छन् । त्यसबाहेक लोकतान्त्रिक समाजवादी पार्टीका ३ र स्वतन्त्र २ सांसदले समेत गिरीलाई समर्थन गरेका छन् ।