शाकाहारी महिलालाई गर्भवती तथा सुत्केरीको दौरान कस्तो खाने खाने ? र, स्वस्थ्यमा आवश्यक तत्वहरुको मात्रा कसरी मिलाउने भन्ने प्रश्न चिन्ताको विवषय बनेको पाइन्छ । तर, मासुमा पाइने प्रोटिन अन्य शाकाहारी खानामा पनि पाइने भएकाले अब यसबार चिन्ता लिनुपर्दैन ।


ADVERTISEMENT


प्रोटिन स्वास्थ्यको निम्ति अत्यावश्यक रहेको पुष्टि भएसंगै विभिन्न विज्ञहरुले प्रोटिनयुक्त खानाको रुपमा जनावरबाट प्रप्त हुने खानाहरुः माछा, मासु, अण्डा सेवनको सल्लाह दिन थालिएको छ । यससंगै उनीहरुले यसको सेवन गर्भवति, सुत्केरी तथा बालबालिकाकालागि पनि अत्यावश्यक रहेको समेत बताउँछन् ।


ADVERTISEMENT

# # #


तर, यसो भन्दैमा हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने, शाकाहारी खाना हाम्रो स्वाथ्यको निम्ति हानिकारक भने होइन । यद्यपि शाकाहारी खाद्यान्नबाट पनि शरीरमा आवश्यक विविध पौष्टिक आहारहरु उत्तम तरीकाबाट प्राप्त गर्न सकिन्छ । माछामासुको अभावमा शरीरमा सबैभन्दा बढि देखिने पौष्टिक पदार्थको अभावमध्ये प्रोटिन प्रमुख हो ।

शरीरमा प्रोटिनको भुमिका

शरीरको मांसपेशी, रगत निर्माण तथा हार्माेनको सन्तुलनमा सघाउ पु¥याउने प्रोटिनको अभावले शरीरमा रगतको कमी, दुब्लाउदै जाने, थकान, कमजोर मांसपेशी तथा प्रतिरोधात्मक क्षमतामा कमी जस्ता समस्याहरु निम्त्याउँछ ।

यसका साथै प्रोटिनको कमीले महिलामा धेरै थकान लाग्ने, जाँगर नलाग्ने, दुब्लाउदै जाने, शरीरको अंगले विस्तारै काम गर्न छोड्दै जानेजस्ता समस्याहरु देखा पर्दछ भने लामो समयसम्म प्रोटिनको अभावमा शिशुहरुमा तौल कम हुने, फुकेनास रोगको शिकार हुने तथा कुपोषणको चक्रमा फसने सम्भावनालाई समेत वृद्धि गराउँछ ।

तसर्थ यस्तो समस्या नदेखियोस् भन्नका लागि पनि विशेषगरी गर्भवति तथा सुत्केरी महिलाले प्रोटिनको मात्रालाई आफ्नो खानामा समावेश गर्न आवश्यक पर्दछ । यद्यपि अधिकांशमा शाकाहारी गर्भवति तथा सुत्केरी महिलाले कस्तो खानाबाट प्रोटिनको प्राप्त गर्ने? र, शाकाहारी खानाबाट यसको आपूर्ति गर्न सकिन्छ वा सकिदैन? भन्ने जिज्ञासा रहन सक्छ । शाकाहारी भोजनमा समावेश गरिने विविध खाना वा खाद्य पदार्थको सेवनबाट पनि प्रोटिनको कमी परिपूर्ति गर्न सकिन्छ । त्यसका लागि गर्भवति तथा सुत्केरी महिलाले निम्न आहारहरु आफ्नो भोजनमा समावेश गर्नुपर्छः

आंशिक रुपमा बढि भोजनको प्रयोग

गर्भवति तथा सुत्केरी महिलाको सवालमा विभिन्न स्वास्थ्यविद् तथा सम्बन्धित सरकारी निकायले पनि अन्यको तुलनामा बढि भोजनको सेवन गर्नु भन्ने सन्देश प्रवाह गर्दै आएको छ । निश्चय पनि विशेषगरी गर्भवतिले आफू तथा शिशु दुवैका निम्ति आवश्यक भोजनको परिपूर्ति गराउनको निम्ति पनि तुलनात्मक रुपमा बढि नै खानुपर्छ ।

यससंगै शाकाहारी महिलाको हकमा भने मांसाहारी भोजन गर्ने महिला सरह नै आफूमा क्षमता वृद्धि गर्न र शारीरिक आवश्यकता पूर्ति गर्नका लागि यस्ता महिलाले तुलनात्मक रुपमा सामान्य गर्भवतिले भन्दा भोजनको प्रयोग आंशिक रुपमा बढि गर्नुपर्छ ।

प्रशस्त गेडागूडिको सेवन

मांसाहारी आहार बाहेक गेडागुडिलाई पनि प्रोटिनको मुख्य स्रोत मानिन्छ । दैनिक आफ्नो भोजनमा गेडागुडि तथा यसको झोल समावेश गर्नाले पनि शरीरमा प्रोटिनको कमी हुन पाउदैन ।

गाढा हरियो तथा बहुरंगिक तरकारीको सेवन

यी खानाहरु हाम्रा गाउँघर, पसल तथा वरपर सजिलै उपलब्ध खानाहरु हुन् । यस्ता आहारको सेवनले व्यक्तिलाई प्रोटिनको अभावबाट टाढा राख्छ । यसअन्र्तगत गाँजर, चुकन्दर, ब्रोकाउली तथा हरियो सातपात आदि पर्छन् ।

मौसमी तथा अमिलो फलको सेवन

अधिकांशको ँघरतिर देखिने मौसमी फलफूलको बोटमध्ये लप्सी, अमला, कागती, अम्बा, केरा, स्याउ, सुन्तलाजस्ता बोटहरु हुन् । र, यो बजारमा पनि सजिलै पाइने फलहरु हुन् । ्रतसर्थ यस्ता मौसमी फलहरुको नियमित सेवनले व्यक्तिमा देखिने प्रोटिनको लगभग धेरैजसो समस्यालाई समाधानमा निकै सघाउ पु¥याउँछ । यसका साथै यस्ता फलफूलको सेवनले व्यक्तिको प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्नुका साथै भिटामीन प्रदान गर्ने र साथै शरीरमा ऊर्जा प्रदान गर्ने भएकाले यस्ता फलले हाम्रो शरीरमा बहुआयामिक गुण प्रदान गर्दछ ।

ज्वानोको झोल

भान्छामा पाइने विविधि मसालाहरु जस्तैः मेथि, बेसार, नुन, ज्वानो, जाइफल, ल्वाङ, सुकमेलजस्ता आदि मसालाको मिश्रण गरी पराम्परागत रुपमा बनाइने ज्वानोको झोलको प्रशस्त प्रयोग गर्नुपर्छ । यसले धेरै मात्रामा शरीरलाइ आबश्यक भिटामीन र खनीज पदार्थको पनि आपूर्ति गर्न सकिन्छ ।

यसबाहेक केहि महिलाहरु माछामासु नखाने भएपनि अण्डा र दुधको सेवन गर्ने गर्दछ । तसर्थ त्यस्ता महिलाहरुले भने सकेसम्म नियमित रुपमा अण्डा र दुधको सेवन पनि गर्न सकिन्छ ।