काठमाडौँ– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


ADVERTISEMENT


मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज आयोजित समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको हो । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका थिए ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री यादवको सिफारिस नियुक्त तीन बिना विभागीयमन्त्रीले पनि आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नवनियुक्त तीन मन्त्रीहरु नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्तप्रसाद कुशवाहाले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

सत्ता गठबन्धन दल र दुई सदस्यदसहित ६३ जनाको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त एका यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि समर्थन गर्ने तयारी गरेको जनाइएको छ । नौ सदस्य रहेको लोसपाले समर्थन गरेमा उनलाई ७२ सदस्यको समर्थन हुनेछ ।

शपथग्रहण समारोहमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जसपा प्रतिनिधिसभा संसदीय दलका नेता रामसहायप्रसाद यादव, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलगायत नेता तथा सरकारी अधिकारीको उपस्थिति रहेको थियो । रासस