काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतको टोली पोखरा जाने कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री लगायतको टोली घटनास्थलमा जाँदा भीडभाड हुने र त्यसका कारण उद्धारमा कठिनाइ हुने भएकाले तत्कालका लागि पोखरा जाने कार्यक्रम स्थगित भएको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री, मन्त्रीहरु गइसकेपछि भीडभाड भएर असहज हुने र नियन्त्रण गर्न पनि अप्ठेरो हुने भएकाले नजाने निर्णय गरेको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जानकारी दिए । उनले उद्धारका लागि कुनै कमीकमजोरी हुन नदिइएको समेत बताए ।

यसअघि मन्त्रीपरिषद् बैठकपछि प्रधानमन्त्री लगायतको टोली घटनास्थल जाने तयारी भएको थियो । जसका लागि हेलिकप्टर बालुवाटार गएको थियो ।