काठमाडौँ– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा भइरहेका मेला महोत्सव आजका निम्ति स्थगित गर्न आग्रह गरेका छन् । काठमाडौँ बाट पोखरातर्फ लागेका ७२ जना सार जहाज दुर्घटनामा परेपछि यस दुःखको समयमा कुनै पनि मेला महोत्सव नगर्न उनले पोखराबासीलाई आग्रह गरेका हुन् ।


ADVERTISEMENT


यस्तै, सुरक्षाकर्मीलाई भीडभाडले सुरक्षाकर्मीको उद्धारको कार्यमा प्रभाव पार्ने भन्दै उनले अनावश्यक भिडभाड समेत नगर्न भन्दै उनले भनेका छन्, ‘दुखका साथ भन्नुपर्दा अब हामिले कोहि पनि जिवित भेट्न सकिने आश रहेन। त्यसो भएको हुनाले अब राहत र उद्दारको सन्दर्भमा अहिले राहत, उद्दार दुवैको सम्भावना छैन र अब घटनास्थलबाट जे जति शवहरु निकाल्न सकिन्छ त्यसलाई निकाल्नको लागि अब सेतीको खोंचमा रहेको कारण अप्ठ्यारो ठाउँ छ, अन्य दुर्घटना हुनसक्छ तपाईं हजारौं साथीहरु यहाँ आउनु भएको छ त्यसैले डिलमा नबसिदिनुहोला र त्यहाँ सुरक्षाकर्मीलाई काम गर्न दिउँ हामिले। अहिले हामी एकखालको रमिते जस्तो बनेका छौँ दुखको बेलामा त्यसैले सबैजना यहाँबाट हटिदिनुस्।’


ADVERTISEMENT

# # #


आइतबार बिहान काठमाडौंबाट ६८ यात्रु र चार चालक दलका सदस्य गरी ७२ जना लिएर पोखरा उडेको विमान सेती खोंचमा दुर्घटनामा परेको थियो । हालसम्म ६९ जनाको शव सनाखत गरिए पनि बाँकी ३ जनाको भने अझै शव भेट्न सकिएको छैन ।