काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमका बीच उक्त अभियानको शुभारम्भ यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका हुन् ।


ADVERTISEMENT


सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रमसंग आफ्ना ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान संचालनमा ल्याइएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीले माघ महिनाभरि बीमा शुल्कको नवीकरण अनलाईन माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको जनाएको छ ।
भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एकजना भाग्यशाली विजेतालाई ‘एयबड्स’ प्रदान गरिने छ । त्यसै गरी पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नवीकरण गर्नेलाई रू १०० ‘क्यास व्याक’ प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई–सेवा, खल्ती, फोन–पे, कनेक्ट आर्इ.पी.एस, आई एम ई–पे र प्रभु–पेसंग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घर बाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार समेत सुरक्षित हुने विश्वास व्यक्त गरे । आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहकहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको कुरा समेत पराजुलीले बताए ।

गत असोजसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१, लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ ।