काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि मन्त्रालयको भागबण्डा टुंगो लगाउने गरी बैठक भर्खरै सुरु भएको हो ।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्माओली, उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपस्थित छन् । यस्तै बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समेत सहभागी रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री प्रचण्डले आजै एमाले अध्यक्ष ओलीसँग बिहान ५ घण्टा ‘वान टु वान’ छलफल गरेका थिए । छलफलपछि प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषय टुंगो लगाउने बताएका थिए ।

प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री दाहालले गत पुस ११ गते सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । उनले गत पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।