काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकार हिजोको जस्तो कमजोर नबन्ने बताएका छन् ।


ADVERTISEMENT


चितवन उद्योग परिसंघले भरतपुरमा प्रतिनिधि र प्रदेश सभा सदस्यमा विजयी उम्मेदवारलाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सरकारले भनेर पनि गर्न नपाईने र नसकिने हिजोको स्थिति अब नरहने बताएका हुन ।


ADVERTISEMENT

# # #


उनले ऐनका ब्यवस्थाहरुलाई सुधार गर्न सकिए र आयत निर्यातसंग सम्बन्धित राष्ट्रको हितविपरित कानूनहरुलाई संशोधन गर्न सकिय पाँच वर्ष भित्रमा मुलुकमा आर्थिक क्रान्ति आउने दावी गरेका छन् ।

‘निजी क्षेत्रका ब्यवसायीसंग धेरै नै अन्र्तक्रियाको आवश्यकता देखेको छु, उहाँहरुले दिने सुझावलाई अब बन्ने सरकारले गम्भिरता पूर्वक लिने छ,’ उनले भने,‘ हिजोका सरकार जस्तो कमजोर सरकार अब रहने छैन, अबको सरकारले भनेपछि त्यो लागु हुने छ ।’ उनले आर्थिक क्रान्ति कठिन नभएको समेत बताए ।

‘मिलेरे काम गर्नु पर्छ, शान्ति, सुशासन र समृद्धि विकासको मोडल हुन्,’ उनले भने,‘ हामीले ठूला-ठूला महत्कांक्षा सहित जनतालाई केही कुराको इच्छा जगाएका छौं, चाहे सुरुङ मार्ग, चाहे रेल मार्ग, या ठूला-ठूला तटबन्धको कुरा नै किन नहोस, त्यही भएर आगामी दिनमा सबै मिलेर देशको आर्थिक क्षेत्रमा नयां अभियान छेड्न आवश्यक छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाको मुखबाट माओवादीले लिडरसिप कसरी विकास गर्न चाहन्छ भन्ने कुरा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भनेको सुन्दा खुशी लागेको बताएका छन् ।