काठमाडौं-यातायात ब्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल र खरिदार सुमन पोखरेल घुस सहित पक्राउ परेका छन् ।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई २५ हजार घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्र रिजाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले सेवाग्राहिबाट सवारी चालक अनुमतीपत्र ‘लाइसेन्स’ सम्बन्धी काम गरिदिने भन्दै २५ हजार घुस लिएको सहायक प्रवक्ता रिजाले बताए ।