काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका प्रयास भइरहेको बताएका छन् ।


ADVERTISEMENT


नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले नीजि क्षेत्र लगाएत सरोकारवालासंगको समन्वयमा अर्थतन्त्रमा देखिएका समस्या समाधानको प्रयास भइरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


अर्थमन्त्री पौडेलले आर्थिक रुपमा चिन्ताजनक अवस्थामा रहेको र सक्षम पाइलट खोज्ने अवस्थामा रहेको बताउनुभयो । भूकम्प र कोरोनाले झुकाउन नसकेको अर्थतन्त्र समस्यमा फस्नु गम्भीर बिषय भएको उनको भनाइ छ ।

पुष ११ गते अर्थमन्त्रालयमा प्रवेश गरेपछि आफुले सुक्ष्म ढंगले अध्ययन गरिरहेको उहाले बताउनुभयो । उहाले अर्थतन्त्र सुधारका नीतिगत योजना बनाएर केही समयमै आक्रामक रुपमा प्रस्तुत हुने दाबी गरे ।

अर्थमन्त्री पौडेलले उत्पादन क्षेत्रमा खर्च बढाउने र अनुत्पादक क्षेत्रको खर्च कटौती गरेर आर्थिक अनुशासन कायम गर्ने कुरामा वर्तमान सरकार नचुक्ने उल्लेख गरे ।