काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विधि र पद्धती भन्दा बाहिर गएर गृह मन्त्रालयले कुनै काम नगर्ने ग्यारेन्टी गरेका छन् ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदले हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएको जानकारी गराएपछि गृहमन्त्री लामिछानेले विधि र पद्धतीभन्दा बाहिर गएर गृहमन्त्रालय कुनै काम नगर्ने ग्यारेन्टी गर्दै कानुनी प्रक्रियामा कसैको दवाव र प्रभाव स्वीकार नगर्ने बताएका हुन् ।

‘फरार रहेका मानिस संसदमा हुनुहुन्छ । उहाँलाई पक्रन माननीय भन्नुभयो। विधि र पद्धतिभन्दा बाहिर गएर एक कदम बाहिर जाँदैन। यसको ग्यारेन्टी म यहीबाट गर्न चाहन्छु। त्यसको प्रक्रिया भएकाले कसैको दबाब र प्रभावमा पर्दैन’, उनले भने ।

उनले विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवामा पनि विधिसम्मत ढंगले काम गर्ने र कसैको भनसुन नलाग्ने, अपराध नियन्त्रणमा यस्तै किसिमको व्यवस्था गर्ने प्रतिवद्धता गृहमन्त्रालय टसमस नहल्लिएको स्पष्ट पारे । गृहमन्त्री लामिछानेले आगामी दिनमा पनि यसलाई प्रभावित गर्नका लागि कसैबाट कुनै पनि दवाव र प्रभाव आउनेछैन भन्ने विश्वास दिलाए ।

त्यसअघि बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेको संसदमा रहेको सुनिएको भन्दै उक्त सांसदको मतदान प्रक्रिया रोक्न आग्रह गरेका थिए ।

फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरी यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पनि संसदमा सहभागी भएकी थिइन् । महोत्तरी १ बाट निर्वाचित एमाले उनीमाथि मधेस आन्दोलनका बेला प्रहरी जवान थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने कार्यमा सहयोग गरेको अभियोग छ ।