काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसप्रति व्यक्त गरेको आशंकित टिप्पणीको जवाफ संसदमा बिहिवार बसेको बैठकको रोष्टमबाटै जवाफ दिदैँ उनले ओलीले प्रधानमन्त्रीलाई पिंजडामा राख्न खोजेको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिएको सन्दर्भमा ओलीले प्रतिपक्ष पार्टीले ’ढोक्सा थापेको त होइन ?’ भन्दै टिप्पणी गरेका थिए । सोही अभिव्यक्तिको प्रतिवाद गर्दै शर्माले अघि भने, ‘आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउँभन्दा संविधानले नचिनेको संयन्त्र नबनाउने भन्ने, अनि सँगैको मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको प्रयत्न हो भनेर म संज्ञा दिन चाहान्छु । ’

सांसद शर्माले पार्टीका संस्थापक नेता बिपी कोइरालाका अनुयायी न्यौपानेलाई सक्षय, योग्य र अनुभवका आधारमा सभामुख पदको उम्मेदवार बनाएको जिकिर गरे ।