काठमाडौँ– एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले प्रधानमन्त्रीले गुन तिर्नेतर्फ विश्वस्त रहेको बताएका छन् । बिहीबार संसदको बैठकमा सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेका पक्षमा मत माग्दै ज्वालाले नेकपा माओवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर लगाएको गुन तिर्ने बेला आएको र तिर्छ भन्नेप्रति आफू विश्वस्त रहेको बताएका हुन् ।


ADVERTISEMENT


‘साँच्चिकै देशलाई राष्ट्रि सहमतितिर लैजाने, आग्रह–पूर्वाग्रहबाट मुक्त गर्ने हो भने सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाएको जस्तै मत ईश्वरी न्यौपानेजीले पनि प्राप्त गर्नुहुन्छ’, रोष्टममा अघि बोल्दै उनले भने, एकीकृत समाजवादी संसदीय दलका प्रमुख सचेतक ज्वालाले भने, ‘कम्तीमा सम्माननीय प्रधानमन्त्रीजीको पार्टीले त गुन तिर्ला भन्ने विश्वास छ ।’


ADVERTISEMENT

# # #


यस्तै, गरिमामय सिटमा महिलाको नेतृत्व रहँदा राष्ट्रले पनि गौरव गर्ने अवसर पाउने उनको भनाई छ ।