काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


भेटका अवसरमा सबैभन्दा पुरानो दौत्यसम्बन्ध रहेको नेपाल र बेलायतबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ ।