कर्णाली– किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोज्नुभएको थियो, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानले ।


ADVERTISEMENT


विसं २०४० असोज ३ गते आमा धनरुपा र बुवा धनन्जय न्यौपानेका तीन दाजुभाइका माझ एक छोरीका रूपमा तातोपानी गाउँपलालिका–४ जुम्ला )साविकको हाँकु गाविसमा)मा उनी जन्मिएका हुन् । गरिबी, अभाव, रोग, अशिक्षा र उत्पीडन झेलिरहेको समाजमा जन्मिएकी यशोदालाई त्यही समाजको विद्यमान अवस्थाले २०५५/५६ देखि राजनीतिप्रतिको चासो बढ्दै गयो ।


ADVERTISEMENT

# # #


तत्कालीन समयमा नेकपा माओवादीले सशस्त्र बिद्रोह थाल्यो । यशोदा २०५७ सालमा माओवादीको पूर्णकालीन सदस्य भइन् । पार्टीमा जोडिँदै गर्दा कलाकार हुँदै उहाँ अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनको एरिया उपाध्यक्ष र पछि महिलाको एरिया अध्यक्ष बनिन् । त्यसको एक वर्षपछि २०५८ मा एरिया सेक्रेटरी, त्यसको अन्त्यतिर पार्टीको जिल्ला कमिटी सदस्य, महिला सङ्गठनको जिल्ला कमिटी सचिव हुँदै अखिल नेपाल किसान सङ्गठन (क्रान्तिकारी) क्षेत्रीय ब्यूरो सदस्य बनिन् । विसं २०५९ मा माओवादीद्वारा गठित जनमुक्ति सेनाको प्लाटुन कमाण्डर बनिन् ।

पार्टीको क्षेत्रीय ब्यूरो सदस्य हुँदै यशोदा २०७८ मा पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा हाल कालीकोटको सहइन्चार्जका रूपमा काम गर्दै आएकी थिइन् ।

नेकपा माओवादीको पूर्णकालीन सदस्य भएयता यशोदा पटक पटक युद्ध मोर्चामा सहभागी भएका छन् । अछामको मङ्गलसेन आक्रमणपछि जुम्ला घर फर्कँदै गर्दा कालीकोटको सेराबाडामा उनी सेनाको घेरामा परिन् । कालीकोटकै मुग्राहमा भएको भिडन्तमा पनि उनी बाचिन् । विसं २०५७ मा यशोदाले कालिकोटको खाडाचक्र नगरपालिका–८ का लक्ष्मीप्रसाद चौलागाईँसँग विवाह गरिन् । उनको एक छोरी छन्। हाल कक्षा १२ को अध्ययनलाई निरन्तरता दिइरहनुभएकी यशोदा माओवादीभित्र जुझारु, इमान्दार, कर्मशील र व्यवस्थापकीय क्षमता भएकी महिलाका रुपमा चिनिन्छिन् ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा यशोदा नेकपा (माओवादी केन्द्र)बाट कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । यही माघ ४ गते बुधबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकबाट प्रदेशसभामा कायम रहेको ४० सदस्य सङ्ख्यामा ३८ उपस्थित हुँदा २४ मत ल्याएर बहुमतले उनी उपसभामुखमा निर्वाचित भएकी थिइन् । माघ १ गते सभामुखको निर्वाचन सम्पन्न गरेको प्रदेशसभा बैठकले माघ ४ गते उपसभामुख चयन गरेको हो । सभामुखमा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी थिइन्।