काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले प्रतिनिधिसभाको उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । शुक्रबार नयाँ बानृश्वरस्थित संसद भवन पुगेर मगरले सत्तारुढ दलको तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।


ADVERTISEMENT


मगरको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम रहेकी छन् भने समर्थकमा नेकपा एमादेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देन रहेका छन् ।


ADVERTISEMENT

# # #


सभामुखको निर्वाचन शनिबार दिउँसो १ बजे हुँदैछ ।

प्रतिनिधिसभाको सभामुखको निर्वाचन बिहीबार भएको थियो । जसमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका थिए । उनले कूल उपपिस्थत २६८ मध्ये १६७ मत पाएका थिए भने काँग्रेसकी उम्मेदवार ईश्वरी देवी न्यौपानेले १०० मत ल्याएकी थिइन् ।