काठमाडौँ – गृहमन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिएको छ ।


ADVERTISEMENT


शुक्रबार एक विज्ञप्ती जारी गर्दै गृहमन्त्रालयका प्रवक्ता फाणिन्द्रमणि पोखरेलले सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको जानकारी दिएका हुन् । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गर्न पटक–पटकको निर्देशन दिँदा पनि पक्राउ नपरेको भन्दै मन्त्रालयले गम्भीर ध्यानाकर्षण समेत जनाएको छ ।


ADVERTISEMENT

# # #


उनले विज्ञप्तीमा भनेका छन्, ‘निज प्रतिवादीलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कारबाही अघि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरो अनुरोध छ ।’ कर्तव्य ज्यान मुद्दामा फारार महतोले पुस ७ गते सांसदको शपथ लिए थिए । गत पुस २६ गते संसद भवन नयाँ बानेश्वर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका थिए ।

गृहमन्त्रीको आँखै अगाडि फरास अभियुक्त हुँदा पनि पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना भएको थियो । उनी पक्राउ पर्नुपर्ने भन्दै प्रतिधिसभाका सदस्यले समेत गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराउँदै आएका थिए । तर, गृहमन्त्री लामिछाने सांसद महतोलाई पक्राउ गर्न प्रहरीले काम थालेको भन्दै दबाब नदिन आग्रह गरिरहेका छन् ।

महतोमाथि २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप छ । सोही मुद्दामा २०७७ मंसिर १९ गते जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उच्च अदालत जनकपुरले जिल्ला अदालतको आदेश उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो ।