काठमाडौँ– नेपाल–भारत सम्बन्धको ७५ औं वर्ष पूरा भएको छ । यस अवसरमा भारतीय राजदूतावास, काठमाडौँले ‘सङ्गीत सुकुन’ कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


गत शुक्रवार आयोजित सो कार्यक्रममा भारतीय साङ्गीतिक समूह कर्नाटिक २.० र नेपाली साङ्गीतिक समूह कुटुम्बले आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा भारतको ७४ औं गणतन्त्र दिवस समेत मनाइएको थियो भने, कर्नाटिक २.० ले शनिबार पनि पाटन दरबार स्क्वायरमा साङ्गीतिक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरु महन्थ ठाकुर तथा राजेन्द्र महतो, नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा तथा सम्बन्धित प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।