गोरखा–माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस जनादेशको विरुद्धमा जान नहुने बताएका छन् । चुनावपछि पहिलो पटक गृहजिल्ला गोरखा पुगेका उनले प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।


ADVERTISEMENT


निर्वाचनमा देशैभरी बाम गठबन्धनका उम्मेदवार विजयी हुँदा पार्टी एकताका सूत्राधार समेत रहेका श्रेष्ठ भने गोरखा निर्वाचन क्षेत्र नं। २ बाट नयाँ शक्तिका बाबुराम भट्टराईसँग पराजित भएका थिए ।


ADVERTISEMENT

# # #


उनले राष्ट्रियसभामा सबैको प्रतिनिधित्व गर्नुपर्ने भएकोले हाल एकल संक्रमणीय विधि लागु गर्न कठिन रहेको बताए । यद्यपी एकल संक्रमणीय विधिमा जानै हुन्न भन्नचाँहि नरहेको उनको भनाई थियो ।

लोकतान्त्रिक विधि विरुद्ध काँग्रेस गएकाले आवश्यक लचतकताका साथ सम्झौता र सहमतिको स्प्रिट अनुसार निकास निकाल्न आफूहरु तयार रहेको नेता श्रेष्ठले बताए ।

गोरखा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन परिणामको विषयमा बोल्दै नेता श्रेष्ठले भने “निर्वाचनको परिणामका विषयमा हामी पार्टी भित्र र बाम गठबन्धनमा बस्तुनिष्ठ ढंगले समिक्षामा जुटिरहेका छौ । यो पटक गोरखाका निर्वाचन क्षेत्र नम्बर २ का जनताको चयनमा हामी परेनौं । तर जसले मत दिनुभयो उहाँहरुलाई धन्यवाद दिन चाहन्छौ र हामी सबैको सेवा लाग्छौं । ”

उनले पार्टी एकता प्रक्रियालाई चाँडै टुंगोमा पुर्याउन छलफल भइरहेको भन्दै नेतृत्व कसले गर्ने भन्नेमा कुनै विवाद नरहेको दाबी गरे ।नेताहरुको वीचमा कसरी अगाडि जाने भन्ने कुरामा सैद्धान्तिक र नीतिगत व्यवस्था गरेर नेतृत्वको बारेमा छलफल गरेर अगाडि बढ्ने उनको भनाई छ ।