काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति कायम गरी राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेता पौडेलले देशलाई एकताबद्ध बनाउन सबै एक ठाउँमा आउनुपर्ने र राष्ट्र निर्माण गर्ने बताएका हुन् । उनले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गरे । देशमा सुशासनको आवश्यकता रहेको र दलको आड लागेर भ्रष्टाचारी जोगिने अवस्थालाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


पौडेलले कांग्रेस र कम्युनिष्ट मिलेर नेपालमा प्रजातन्त्र र लोकतन्त्र आएको भन्दै अव त्यसलाई रक्षा गर्न पनि कांग्रेस र कम्युनिष्ट एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । सत्ताको राजनीतिको दबदबा, निष्ठाको राजनीतिक किनारा लाग्दै गएको अहिलको अवस्थामा निष्ठाको राजनीतिलाई जोगाउनका लािग पनि एकताको खोजी गर्नुपर्ने उनको भनाई छ ।

उनले सभामुखले निष्पक्षरुपमा काम गर्दा संसदमा आरोपप्रत्यारोप हुनसक्ने भएकाले त्यसतर्फ सचेत रहन सुझाव दिए ।