काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारेकै कारण नजिता आउन ढिलाई भएको बताएक छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभा बैठकमा लामिछानेले राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको र काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी निरीह बनाएर राखिएका कारण नजिता आउन ढिलाई भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आफुले गृहमा जिम्मेवारी सम्हालेपछि सुधारका कामहरु सुरु गरिसकेकाले कामको र परिणामको माध्यमबाट सवै प्रश्नहरूको जवाफ दिने सुनाए ।

क्रसर, फरार सांसद लगाएतका बिषयमा केहि दिनमा नजिता आउने उहाको दावी छ । उहाले गृह प्रशासनले बनाएको संयन्त्रमाथि विश्वास गर्न पनि आग्रह गरे । उनले प्रणालीलाई बलियो बनाउन सवैले साथ दिए नागरिकले छिटै सुशासनको अनुभूति गर्न सक्ने धारणा राखे ।