काठमाडौँ – बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्रबिन्दु  भएर भूकम्प गएको छ । मंगलबार अपरान्ह २ः४३ बजे भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


ADVERTISEMENT


केन्द्रका अनुसार बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा समेत यसको धक्का महसुस गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै भारतको नयाँ दिल्ली लगायतका ठाउँमा पनि धक्का महसुस भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा हिजो रातीदेखि हिमपात समेत भइरहेको छ ।