काठमाडौँ– नेकपा (एमाले)का नेता रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको मंगलबारको बैठकमा महासेठले महतो अहिले पार्टीको सम्पर्कमा नरहेको भन्दै प्रहरी प्रशासनले हिरासतमा लिएको छ सार्वजनिक गर्न माग गरे ।


ADVERTISEMENT

# # #


उनले सांसद कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गरे । उनले राज्य र कानूनले दोषी करार गरिनसकेको सांसदलाई अपराधीको रुपमा हेर्न नहुने जिकिर गरे । उनले कानूनसम्मत महतो दोषी भए पार्टी नै पक्राउ गर्न सहजीकरण गर्ने उल्लेख गरे ।

महासेठले जनकपुरमा रोहितकुमार साह र विष्णुकुमार साहको अपहरणपछि हत्यामा संलग्न अपराधीको खोजी गरी कडा कानूनी कारबाही गर्न माग गरे । अपहरणपछि हत्या गर्ने अपराधी पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाएको उनले बताए ।