काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुरस्थित ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट पाइने भएको छ ।


ADVERTISEMENT


मंगलबार समझदारीपत्रमा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रा. डा. अन्जनीकुमार झाले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार एनआईसी एशिया बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा थ्रीडी सीआरटी, आईएमआरटी, भीएमएटी, पेल्लिएटिभ केयर र टीबीआई उपचारमा ५÷५ प्रतिशत छुट पाउनेछन् । यस्तै अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्नसक्नेछन् । साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको जनाएको छ ।

एनआईसी एशिया बैंकले देशभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।