काठमाडौँ– संघिय संसदअघि आत्मदहको प्रयास गरेका प्रेम आचार्यको निधन भएको छ । उनको बुधवार बिहान ५ बजे उपचारको क्रममा निधन भएको डा किरण नकर्मीले बताएका हुन् ।


ADVERTISEMENT


मंगलबार संघिय संसद भवनअघि आत्मदहको प्रयास गरेका आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । आफ्नै शरीरमाथि पेट्रोल छर्किएर आगो लगाएका उनको तत्काल उद्दार गरी किर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।


ADVERTISEMENT

# # #


आत्मदाहको प्रयासअघि प्रेमको स्टाटस : यहाँ केही गर्न खोज्नेलाई नै लुट्दा रहेछन्

३६ वर्षीय उनले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा आफूले उक्त निर्णय लिनुको कारण खुलाएका थिए । फेसबुकमा प्रेमले आफूले गरेको कुनै कामबाट पनि उपलब्धी हासिल गर्न नसकेको, चौरैतिरबाट ठगिएको भन्दै असफलताको कथा लेखेका थिए । साथै उनले राज्यको कमजोर कानुन संयन्त्र तथा शक्तिको दूरुपयोगलाई समेत आफ्नो असफलताको कारण  ठहराएका थिए ।