काठमाडौँ – नेपाली युवा विकेटकिपर ब्याटर आशिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीले प्रदान गर्ने ‘आईसीसी स्प्रिड अफ क्रिकेट अवार्ड २०२२’ जित्न सफल भएका छन् । आईसीसीले बिहीबार आशिफलाई उक्त अवार्डको विजेता घोषणा गरेको हो ।


ADVERTISEMENT


‘स्प्रिड अफ क्रिकेट’ नियमभन्दा पनि खेल भावनालाई ध्यानमा राखेर खेलाडीले गरेको निर्णयलाई प्रदान गर्ने गरिन्छ । आशिफले गत वर्षको फेब्रुअरीमा आयरल्याण्डविरुद्धको खेलमा रन लिनेक्रममा नेपाली खेलाडीसँग ठोक्किएर पिचमा लडेका एन्डी म्याकब्राइनलाई रन आउट गरेका थिएनन ।


ADVERTISEMENT

# # #


यससँगै आशिफ उक्त अवार्ड जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

के भएको थियो ?

अघि १४ फेब्रुअरीमा ४ राष्ट्रसम्मिलित टी–२० सिरिजको छैटौँ खेलमा नेपालविरुद्ध आयरल्याण्ड पहिले ब्याटिङ गरिरहेको थियो । सुरुवातदेखि नै दबाबमा आएको आयरल्याण्डले १८.२ ओभरमा ८ विकेट  गुमाएर ११४ रन बनाएको थियो र बलिङ गरिरहेका थिए नेपालका कमलसिंह ऐरी ।
१८.३ ओभरमा आयरल्याण्डका मार्क अडेयरले रन लिन बोलाएपछि ननस्ट्राइकरमा रहेका एन्डी म्याक ब्राइन दौडिनेक्रममा पिचमा बलर कमलसँग ठोक्एिर लडे । उठेर रन पूरा गर्नु  धेरै अघि नै कमलले बल विकेटविपर आशिफको हातमा दिइसकेका थिए । तर, आशिफले म्याकब्राइनलाई रनआउट गरेनन् ।
आशिफको यो निर्णयको सवत्र प्रशंसा भएको थियो । यद्दपि आयरल्याण्डले १२८ रनको सामान्य चुनौती दिए पनि नेपालले १७ रनले खेल हारेको थियो ।

भिडियो हेर्नुहोस्: