काठमाडौँ– प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले बागमती प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् । डीआईजी थापाले बिहिवार हेटौँडा पुगेर प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका हुन् ।


ADVERTISEMENT


पदभार ग्रहण गर्दै थापाले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु आफ्नो प्राथमिकताको क्षेत्र रहेको बताए । सोही अनुसार, आफ्नो कार्यसम्पादनमा खटिन उनले प्रहरी कर्मचारीलाई समेत निर्देशन दिए ।


ADVERTISEMENT

# # #


यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, काठमाडौंमा कार्यरत थापालाई गत २९ पुसमा बसेको गृह मन्त्रीस्तरको बैठकले बाट बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा गर्ने निर्णय गरेको थियो ।

कुशल नेतृत्व क्षमता भएका डिआईजी थापा एक इमान्दार एवम् काबिल प्रहरीको रुपमा चिनिन्छन् ।