काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अहिलेको कार्यकाल सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताएका छन् ।


ADVERTISEMENT


मारवाडी सेवा समिति नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनताको शान्ति, समृद्धि, सामाजिक न्यायको आकांक्षालाई सम्बोधन गर्नुपर्ने र यस पटक सुशासन र समृद्धिको जनताको आकांक्षामा समर्पित गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘मैँले यो पक सम्पूर्ण रुपले नेपालको सुशासन र समृद्धि र नेपाली जनताको आकांक्षा सम्बोधनका लागि आफूलाई समर्पित गर्ने बताएको छु । तपाईंहरुको सहयोग यसको निम्ति अपरिहार्य र अनिवार्य रहेको छ ।’

उनले सबै मिलेर देश बनाउनुपर्ने धारणा राखे । आर्थिक परिसूचकहरु चिन्ताजनक अवस्थामा रहेका बेला सरकारको नेतृत्व गर्ने चूनौतिपूर्ण अवसर पाएको भन्दै उनले आर्थिक लगाएतका समस्या समाधान गर्न सवै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए ।

उनले नेपालको आर्थिक क्षेत्रमा मारवाडी समूदायको भूमिकालाई सरकारले सकारात्मक रुपमा लिदै मारवाडी समूदायका बिभिन्न मागलाई समाधान गर्ने प्रतिवद्धता जनाए ।