काठमाडौँ– नायव महानिरीक्षक (डीआईजी) भिम प्रसाद ढकालले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । डीआईजी ढकालले बिहिवार कर्णाली प्रदेश प्रमुखको रुपमा आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।


ADVERTISEMENT


पद सम्हाल्दै डीआईजी ढकालले प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरणमा सुधार ल्याउन समेत निर्देशन दिए । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा हाजिर भएपश्चात् निर्देशन दिदैँ उनले प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न आग्रह समेत गरे ।


ADVERTISEMENT

# # #